मिडिया केही नबुझी आफू विरुद्ध खनिएको खुस्बुको आरोप

183
  •  
  •  
  •  

काठमाडौ, ४ भदौ (ओएनएस) : प्रहरी कारवाहीमा मारिएका भनिएका डन दिनेश अधिकारी ‘ चरी’ कि प्रेमिका खुस्बु ओलीले मिडिया केही पनि नबुझी आफू विरुद्ध खनिएको आरोप लगाएकी छिन ।
उनको पूर्व प्रेमि अर्पण कोइरालाले आफ्नो सात करोड रुपमा खाएको भनि गरेको प्रचार विरुद्ध आफै पत्रकार सम्मेलन आयोजना गरेर उनले अर्पणले मिडियाबाजी गरेका कुरा सबै बनावटी भएको दावी गरिन ।

उनले भनिन–अपर्णको काठमाडौमा तीन वटा घर नै थिएन । बिजुली बजारमा भएको घर बालकोटमा बनाउँछु भनेर बेचेको तर अन्तिममा सबै पैसा पोखराको ग्राण्ड क्यासिनोमा सक्यो । पछि मैले नै थप पैसा बुझाएर त्यहाँबाट छुटाएर ल्याएको हु । ओलीले आफू लामो समयदेखि भारतमा परिवारको उपचारमा भएको भन्दै मिडियाबाजी गरिरहेका अर्पण २१ दिन पहिले फर्पिङमा नै रहेको दावी गर्दै आफूले यसको प्रमाण समेत आवश्यक पर्दा पेश गर्ने बताईन ।

उनले आफू बुबाले जग्गा बेचेर सन् २००९ मा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढ्न गएको र अर्पण कोइराला २०११ मा मात्र गएकोले उनको लगानीमा आफूले पढेको भन्ने कुरा वाईहात भएको दावी गर्दै बुबाले बेचेको जग्गा र आफूले तिरेको कलेज फि हेर्दा सबै कुरा प्रष्ट हुने बताईन । उनले भनिन–म निक ईन्स्टीच्यूटबाट बेलायत गएको हु । त्यहाँका सञ्चालक सुरज राजभण्डारीसँग बुझे पनि हुन्छ ।

ओलीले अर्पणसँग आफ्नो प्रेमसम्बन्ध भए पनि सन् २०११ बाट पूर्ण रुपमा टुटेको स्पष्ट पार्दै पछि लाख प्रयास गर्दा पनि गलत आदत नछाडेपछि सम्बन्ध टुटेको बताईन । उनका अनुसार आफू मिस टिन भएपछि नार्कोन नेपालले गरेको कार्यक्रममा अथिति हुँदा त्यहाँ उपचार गराईरहेका अर्पणसँग चिनजान भएको र पछि केही गर्छ भन्ने विश्वासमा सम्बन्ध बनेको हो ।

उनले भनिन–अर्पणलाई मैले भारत नयाँ दिल्लीको साईक्रयाटिक एण्ड रिहाविलिटेसन सेन्टरमा उपचार गराएको हु । उ अफिम जस्ता लागु पदार्थको आदी थियो । तर पनि उ सुध्रेन नेपाल आए पछि पनि उस्तै पैसा उठाउँदै हिड्न थाल्यो त्यसपछि हाम्रो सम्बन्ध टुट्यो ।

ओलीले थपिन्–मैले उसलाई बुढानिलकण्ठको घरमा चार जना केटीहरुसंग नघ्न अवस्थामा प्रत्यक्ष भेटेपछि उसलाई छाडेको हुँ । जीवनमा व्यापार घाटा नाफा भनेको त भैहाल्छ तर उसको चरित्र नै खराब भएर मैले छाडेको थिएँ । उसले मेरो बुवासंघ लिएको पैसा पनि तिर्न सकेको छैन् । उसले दिएको चेक बाउन्स भएको छ । कार्यक्रममा ओलीले अर्पणले असराफ खानलाई सम्बोधन गरेर इब्राहिम दाउदलाई पनि ईमेल लेखेको भन्दै इमेलको स्क्यान कपी पत्रकारहरुलाई देखाएकी थिईन् ।

अर्पणसँग सम्बन्ध टुटेको छ महिनापछि दिनेश अधिकारीसँग आफ्नो चिनजान भएको र सम्बन्ध बढ्दै गएको भन्दै आफूसँग सम्बन्ध हुँदा अधिकारीको नाममा कुनै उजुरी नभएको समेत प्रष्ट पारिन । उनले अधिकारीको सालिनताबाट आफू प्रभावित भएको र उसको प्रेम प्रस्ताव स्विकारेको समेत पत्रकार सम्मेलनमा स्पष्ट पारिन ।


  •  
  •  
  •  

Comments are closed.