खुमबहादुरले झरीमा रुझ्दै भने : मुर्दावाद !, हेर्नुस् फोटोफिचर

198
  •  
  •  
  •  

काठमाडौं, २१ असार (ओएनएस) : नेपाली कांग्रेसका केन्द्रिय सदस्य खुमबहादुर  खड्का नेतृत्वको सनातन हिन्दू राष्ट्र अभियानले संविधानको मस्यौदामा धर्मनिरपेक्ष शब्द राखिएको विरोधमा सोमबार राजधानीमा र्‍याली निकालेको छ ।

माइतीघरदेखि निकालिएको र्‍यालीमा ५ सय कार्यकर्ता झरीमा भिज्दै संविधानसभा हल नयाँ बनेश्वरसम्म पुगेका थिए । उनीहरुले संविधानमा हिन्दु राष्ट्रको माग गर्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएका छन् ।

र्‍यालीमा पूर्वसभामुख तारानाथ नाराभाट, कांग्रेस नेता लक्ष्मण घिमिरे सहभागि थिए । उनीहरुले आफ्नै पार्टीको नेतृत्वमा आएको संविधानको प्रारम्भिक मस्यौदामा धर्मनिरपेक्षता कसरी आयो भन्दै , “धर्म निरपेक्षता मूर्दावाद !” भन्दै नारा लगाएका थिए ।

Khumbahadur (1) Khumbahadur (2) Khumbahadur (3) Khumbahadur (4) Khumbahadur (5) Khumbahadur (6) Khumbahadur (7) Khumbahadur (8) Khumbahadur (9) Khumbahadur (10) Khumbahadur (11) Khumbahadur (12)


  •  
  •  
  •