‘३ करोडको काममा ४ करोडको कमिसन ?’

258
  •  
  •  
  •  

khum-bahadur-khadka_83140_78212काठमाडौं १७ कात्तिक (ओएनएस) : दुईवटा भ्रष्टाचार मुद्दा लागेपछि खुमबहादुर खड्काको राजनीतिक गाडी धीमा भयो । सर्वोच्च अदालतले एउटा मुद्दामा जेल चलान गरेपछि उनको राजनीतिक यात्रामा ‘ब्रेक’ नै लाग्यो । बक्राहा नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार गरेको अख्तियारको दाबीमा विशेष अदालतबाट उनले सफाइ पाए । तर, उनको सम्पत्ति हेर्दा अख्तियारले २ करोड ३६ लाख ८७ हजार रुपैयाँ “बराबरको कालो धन थुपारेको विवरण अदालतमा पेस ग¥यो ।

अकूत सम्पत्तिको मुद्दामा विशेष अदालतले उनलाई सफाइ दिए पनि सर्वोच्च अदालतबाट सहानुभूति पाएनन् । ९४ लाख ७४ हजार रुपिया“ उनले भ्रष्टाचार गरी कमाएको सर्वोच्चले ठहर ग¥यो ।
जेलमुक्तिपछि उनी अहिले राजनीतिमा आफ्नो भूमिका स्थापित गर्ने उपायको खोजीमा छन् । त्यही क्रममा उनी हिन्दू राज्य पुनःस्थापना समिति गठन गरी संयोजक बनेका छन् । समितिमा संगठित अन्य अनुहारहरू हेर्ने हो भने कतिपयको अनुहार खड्काको भन्दा पनि दागपूर्ण छ ।

चिरञ्जीवीकुमार वाग्लेको बारेमा जगजाहेरै छ । त्यस्तै भ्रष्टाचार ठहर भई जेल सजाय पाइसकेका नेता हुन् । उनीभन्दा पनि खतरनाक व्यक्ति यस समितिमा छन्, जो राजनीतिकभन्दा बढी अरू नै विशेषताका कारण बढी चिनिन्छन् । तिनैमध्येका एक हुन्, रवीन्द्रलाल श्रेष्ठ ।

को हुन रवीन्द्रलाल श्रेष्ठ ?

2014-11-02 20.10.58रवीन्द्रलाल श्रेष्ठ खासमा काठमाडौ“का सुन व्यापारी हुन् । कुनै समय उनी कांग्रेस नेताहरूलाई रिझाएर राष्ट्रिय सभामा सांसद मनोनीत भएका थिए । कांग्रेस नेताहरूका अनुसार, उनले पार्टीको केन्द्रीय कार्यालय बनाउन दुई करोड रुपिया“ सहयोग गर्ने वचन दिएका थिए । भलै उनले केही कांग्रेस नेताको व्यक्तिगत समस्या टार्नेबाहेक बा“की वाचा पूरा गरेनन् ।
व्यापारी पृष्ठभूमिका भएकाले पार्टीमा उनले आर्थिक व्यवस्थापनकै जिम्मेवारी पाए । पार्टी मुख्यालयका लागि भवनको व्यवस्था गर्ने समितिमा उनलाई सदस्य बनाइयो ।
मुख्यालयका लागि सगरमाथा आरोही स्व. पासाङ ल्हामुका श्रीमान्को वौद्धस्थित घर किन्ने सल्लाह भयो । ३ करोडमा कुरा छिनियो ।

कुरा यत्तिकैमा सकिएन । उनले तत्कालीन कांग्रेस सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकहा“७ करोडको आर्थिक योजना पेस गरे ।
कोइरालाले अन्य सूत्रहरूबाट थाहा पाए, यसमा त कमिसनको चक्कर पो रहेछ । ‘३ करोडको काममा ४ करोडको कमिसन ?’ उनले तुरुन्तै सहयोगी सुशील कोइराला (हाल प्रधानमन्त्री) लाई श्रेष्ठलाई फोन गर्न लगाए । सुशीलले तुरुन्त प्रधानन्त्रीले भेट्न खाजेको सन्देश पठाए । प्रधानमन्त्रीको फोन आएको खबर पाएर श्रेष्ठ खुसी हु“दै बालुवाटार पुगे । उनी निकटका व्यापारीहरूका अनुसार, आफू मन्त्री हुन लागेको भन्दै आएका श्रेष्ठ त्यस दिन मन्त्री बनेको खुसखबरी पो हो कि भन्दै बालुवाटार हुइ“किएका थिए ।

तर, कुरा अर्कै रहेछ । मन्त्री पद होइन, प्रधानमन्त्री कोइरालाबाट हप्की खाए । पार्टीलाई नै ठगीको भा“डो बनाउन खोजेको आरोप लागेपछि कालोनीलो भएर उनी निस्किए । त्यसपछि उक्त भवन किन्ने कुरा पनि त्यसै सेलायो । ‘आज पनि नेताहरू ठट्टा गर्छन् । व्यापारीले नाफा त जहा“ पनि खोजिहाल्छ । तर, रवीन्द्रलालले बिना लगानी नाफा खान खोज्छ,’ एक कांग्रेस केन्द्रीय सदस्य भन्छन् ।
मन्त्रीको आसमा दौडिएका श्रेष्ठ कोइरालाको हप्की खाएपछि आक्रोशमा तुरुन्तै शेरबहादुर देउवाको क्याम्पमा पुगे । जमलस्थित आफ्नै घरमा खुमबहादुर खड्का लगायत देउवा पक्षधर नेताहरूको भेला बोलाए । कोइरालाविरुद्ध सक्रिय भए ।

 श्रेष्ठका  केही गतिविधि, राज्यका अनुसन्धान गर्ने निकायहरूका दाबी र आर्थिक हैसियत हेर्ने हो भने उनी दागमुक्त छैनन् भन्नेचाहि“ प्रस्टै छ ।
श्रेष्ठ अहिले पनि दुईवटा भ्रष्टाचार मुद्दामा तारेख धाइरहेका छन् । ती मुद्दा विशेष अदालत र सर्वोच्च अदालतमा विचाराधीन छन् । भ्रष्टाचार मुद्दा चलेकै कारण श्रेष्ठ विशालबजार कम्पनीको अध्यक्षबाट निलम्बित छन् ।

भ्रष्टाचारका आरोपीहरुप्रति उदार बन्दै न्यायपालिका

१० करोड बिगो , २५ लाख धरौटी


  •  
  •  
  •  

Comments are closed.