काठमाडौं ७ गते ।
खुमबहादुरलाई उपसभापति मनोनित गर्ने देउवाको प्रतिवद्धता थियो । त्यसैले उनी उपसभापतिका स्वभाविक दावेदार हुन् । तर, देउवा अर्को महाधिवेशनमा पनि सभापति बन्न इच्छुक छन् । खुमबहादुरलाई उपसभापति बनाए शक्तिशाली हुने र उनले नै पछि सभापतिमा चुनौती दिने डर देउवालाई छ ।
महाधिवेशनमा हारेका अर्जुननरसिंह केसी मात्र होइन, देउवा समूहका अरु नेता कार्यकर्ता पनि शशांक कोइरालालाई जिताउन खड्काले क्रसभोटिङ गरेको र उनी विश्वसनिय नभएको भन्दै खड्का विरुद्ध देउवालार्य उचालिरहेका छन् ।
हिन्दू राष्ट्रका नाममा कुनै पनि बेला खुमबहादुर र शशांक एक ठाउँमा उभिन सक्ने र देउवालाई धोका हुने उनीहरुको दाबी छ । पहिले प्रजातान्त्रिक हुँदा खुमबहादुर एक्लै मातृपार्टीमा फर्केको उदाहरण उनीहरुले दिने गरेका छन् ।
आफ्नो खेमामा देउवाको निर्देशनात्मक वचृश्व भए पनि खुमबहादुर अपवाद हुन् । देउवाँस्ग गठबन्धनमा भए पनि उन यिस म्यान होइनन् ।
भ्रष्टाचारको अभियोगमा जेल सजाय काट्दासमेत संगठनमा यति प्रभाव राख्ने उनी उपसभापति भए भने देउवाकै प्रतिस्पर्धी बन्ने डर संस्थापनलाई छ ।
नयाँपत्रिकाबाट