‘हिन्दु राष्ट्र नभए धार्मिक युद्ध हुन्छ’ : खुमबहादुर

172
  •  
  •  
  •  

khum-bahadur-khadka_83140_78212काठमाडौं, २० कात्तिक (ओएनएस) : नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले संबिधानमा हिन्दु राज्यलाई अपरिवर्तनीय धारामा राख्नु पर्ने भन्दै नेपाललाई कुनै हातलमा हिन्दु राज्य बनाउने उद्घोष गरेका छन् ।

उनले हिन्दु राज्य नभएमा नेपालमा धार्मिक युद्ध हुने पनि चेतावनी दिए । खड्काले  हिन्दु धर्ममार्फत तराई–पहाड–हिमाल नजोडे देशमा अबको २० बर्षमा धार्मिक युद्ध हुने जिकिर गरे ।

नेपाललाई हिन्दु राज्य बनाउनू पार्ने माग राख्दै अभियान चलाउदै आएका खड्काले काठमाडौंको प्रज्ञा भवनमा सनातन हिन्दु राष्ट्र अभियानको भेलामा सो उद्घोष गरेका हुन् । हिन्दु राज्य बनाउने अभियानमा मुस्लीम धर्मावलम्मीहरुको पनि समर्थक रहेको बताउदै विदेशको हावामा लागेर नेताहरुले धर्म निरपेक्ष बनाएको खड्काको भनाई थियो ।

कार्यक्रममा दर्जन नेपाली काँगेसका नेताहरुको उपस्थित रहेपनि शीर्ष नेताहरु भने उपस्थित थिएनन् । भेलामा कांग्रेस नेताहरु तारानाथ रानाभाट, चिरन्जीवी वाग्ले, देवेन्द्रराज कँडेल, लक्ष्मण घिमिरे, पुष्पा भुषाल, सुरेन्द्र हमाल, पूर्णकुमार शेर्मा लिम्बु लगायतका नेताहरुले समेत हिन्दू राज्यको पक्षमा बोलेका थिए ।

अभियानको संयोजक खड्काले काँग्रेस सभापती सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापती रामचन्द्र पौडेललाई पनि भेलमा निमन्त्रणा गरेका थिए । यसअघि पाटी नेतृत्वले हिन्दु राज्यको एजेन्डलाई छोडेको भन्दै खड्काले आन्दोलन गर्ने चेतावनी दिदै आएका थिए । कार्यक्रममा बोल्दै खड्काले पार्टी नेतृत्वले हिन्दु राज्यको एजेन्डलाई फेरि पनि बेवास्ता गरे पछि चुकचुकाउनु पर्ने बताए ।
तर कांग्रेसका हिन्दू राज्य पक्षधर नेता कार्यकर्ताहरुको भेलामा दर्जनभन्दा बढि सभासद तथा केन्द्रीय सदस्यहरु सहभागी थिए ।

भेलामा खड्का समर्थक कांग्रेस कार्यकर्ताको उल्लेख्य सहभागिता थियो।  खड्काले हिन्दू राष्ट्रका लागि महाअभियानको संगठन देशैभरी बिस्तार गर्ने घोषणा गरे । उनले ५०१ जनाको महाअभियान समिति गठन गरी अभियान देशब्यापी बनाउने बताए । पाँचै वटा विकाश क्षेत्रमादेखि गाँउ–गाँउसम्म संगठन विस्तार गरेर मंसिर १५ पछि अभियानलाई सशक्त खड्काले बताए ।


  •  
  •  
  •