हिन्दु राष्ट्र उल्लेख नगरे संविधान च्यात्ने चेतावनी

214
  •  
  •  
  •  

काठमाडौं, ३ असार(ओएनएस) : नेपाली कांग्रेसका नेता एवम नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानका संयोजक खुमबहादुर खड्काले अब बन्ने संविधानमा धर्मनिरपेक्ष लेखेकै दिन आन्दोलनमा उत्रने चेतावनी दिएका छ ।

धर्मनिरेक्षता नेपाली कांग्रेसको लागि पनि दुर्भाग्यपूर्ण हुने भन्दै का्रग्रेस पतनको बाटोमा जाने र देशको सत्ता कम्यूनिष्टहरुको हातमा पुग्ने ठोकुवा गरे ।

खड्काले धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने माग गर्दै बहुमतको आधारमा धर्मनिरपेक्षताको फैसला गरे त्यो दुर्भाग्यपूर्ण हुने भएकोले त्यसलाई नस्विकार्ने स्पष्ट पारे ।

उनले भने, ‘विश्वकै उत्कृष्ट भनिएको २०४७ सालको संविधान को हालत के भयो ? सबैले देख्नु नै भएको छ । धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र उल्लेख नगरे त्यस्तो संविधान हामी मान्दैनौ च्यातेर आन्दोलनमा जान्छौ । ’

खड्काले धर्म निरपेक्षताको विषयमा पार्टीमा कतै छलफल नभएको भन्दै अकस्मात धर्म निरपेक्षता भन्ने शब्द कहाबाट आयो भनि प्रश्न गरे ।

उनले नेपाल हिन्दु राष्ट्र नहुन्जेलसम्म आफ्नो अभियान जारी रहने भन्दै बहुलबाद समेत संविधानको प्रस्तावनामा लेखिनु पर्ने माग गरे ।
खड्काले बहुमतको आडमा मधेसवादी दलहरुलाई उपेक्षा गरेर संविधान जारी गर्ने दुष्प्रयास नगर्न चेतावनी दिदै फेरि मधेसमा आन्दोलन भए त्यसले काग्रेस र एमाले जस्ता पार्टीलाई समाप्त पारेर सीके राउत जस्ता विखण्डनकारीलाई माथि उठाउने ठोकुवा गरे ।


  •  
  •  
  •