आफ्नै बाबु–आमामाथि खुकुरी प्रहार

318
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (अाेएनएस): मोरङमा एक २४ वर्षीय युवाले आफ्नै बाबु–आमामाथि खुकुरी प्रहार गरेका छन्। सुन्दर–हरैचा नगरपालिका–३ का कृष्ण धामीले प्रहार गरेकाे खुकुरीबाट उनका बाबु–आमा घाईते भएकाे प्रहरीले जनाएकाे छ।

छोराको खुकुरी प्रहारबाट बाबु ५५ वर्षीय राम विलास धामी र आमा ४५ वर्षीया दशमी धामी घाईते भएका हुन्।

शनिबार बेलुका ८ बजेतिर सामान्य घरायसी विवाद हुँदा कृष्णले बाबु आमालाई खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ। घाइते धामी दम्पतीको धरानस्थित बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

अभियुक्त कृष्णलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ


  •  
  •  
  •