ओखलढुगांमा छोराले बाबुलाई खुकुरी हानेर बनाए गम्भिर घाईते, उपचारकाे लागि काठमाडाैं ल्याइयाे

318
  •  
  •  
  •  

काठमाडौं, १० चैत (अाेएनएस): ओखलढुगांमा छोराले बाबुलाई खुकुरी हानेर गम्भिर घाईते बनाएका छन्। सिजिदेम्बा गाउँपालिका–४ मा आफ्नै छोराको खुकुरी प्रहारबाट ५६ वर्षीया बाबु गोमानसि सुनुवार गम्भिर घाईते भएकाे प्रहरीले जनाएकाे छ।

घरयासी विबादका कारण शुक्रबार २४ वर्षीया छोरा जिवनकुमार सुनुवारले बाबुलाई खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गोमानसिङको घाटी, टाउको र हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घाइतेलाई अचेत अवस्थामा शुक्रबारै हेलीकप्टरबाट काठमाडाैंको शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यलय खिजिदेम्बाका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए । खुकुरी हान्ने छोरा जिबनकुमारलाई शुक्रबारै ईलाका प्रहरी कार्यलय खिजिदेम्बाले नियन्णमा लिएकाे थियाे।


  •  
  •  
  •