ह्याचरी उद्योगद्वारा आजदेखि चल्ला उत्पादन बन्द

633
  •  
  •  
  •  

चितवन । नेपाल ह्याचरी उद्योग संघले आइतबारदेखि ब्रोइलर कुखुराको चल्ला उत्पादन बन्द गरेको छ ।

संघले लागतअनुसार मूल्य नपाएको भन्दै आजदेखि १० दिनसम्म चल्ला उत्पादन नगर्ने जनाएको छ ।
१० दिन उत्पादन बन्द गर्दा बजार राम्रो हुने भएकाले बन्द गर्न लागिएको नेपाल ह्याचरी उद्योग संघले उल्लेख गरेको छ ।

एउटा चल्ला उत्पादनमा झण्डै ५५ रुपैयाँ लागत पर्ने भए पनि चल्लाको बिक्री मूल्य ३० रुपैयाँभन्दा कम मात्र पाइरहेको संघको भनाइ छ ।
संघले यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने बताएको छ ।

साथै ह्याचरी उद्योगीले १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेसिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने निर्णय गरेको छ ।

नेपालमा ३ सय वटा ह्याचर उद्योग रहेका छन् । यसबाट हप्ताको ४५ लाख चल्ला उत्पादन हुने गरेको संघले जनाएको छ ।


  •  
  •  
  •