काठमाडौंका आठ स्थानीय तहमा कोभिडविरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै

65
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि कोरोनाविरुद्ध एस्ट्राजेनेका खोपको दोस्रो मात्रा (डोज) लगाइँदै छ। काठमाडौं स्वास्थ्य कार्यालयका अनुसार एस्ट्राजेनेकाको पहिलो मात्रा लिएका नागरिकलाई आजदेखि दोस्रो मात्रा लगाइने भएको हो। काठमाडौंका आठै नगरमा खोप अभियान सञ्चालन हुने कार्यालयले जानकारी दिएको छ।
स्वास्थ्य कार्यालयका अनुसार खोप कार्ड, विद्युतीय दर्ता कागज तथा परिचय पत्र लिएर आधारमा १८ वर्षभन्दा माथि उमेरका सबैलाई आजदेखि दोस्रो मात्रा लगाउन लागिएको हो।
काठमाडौं महानगरपालिकाभित्रको हकमा भने नेपाल प्रहरी अस्पताल ९महाराजगन्ज०, वीरेन्द्र सैनिक अस्पताल (छाउनी), वीर अस्पताल (महावौद्ध), परोपकार प्रसूतिगृह अस्पताल (थापाथली) र निजामती कर्मचारी अस्पतालमा पनि खोप लगाउन व्यवस्था गरिएको छ।


  •  
  •  
  •