काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

93
  •  
  •  
  •  


काठमाडौं । काठमाडौँ उपत्यकामा ४० प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । असोज ४ गतेसम्म काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा ४१ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको दुवै डोज लगाइसकेका छन् ।

यस्तै सरकारले असोज अन्तिमसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाइसक्ने जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत अन्तिमसम्म सबै नागरिकलाई दुवै डोज खोप लगाउने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । हालसम्म बागमती प्रदेशमा मात्रै २९ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको दुवै डोज लगाइसकेको मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •