शुक्रबारदेखि भेरोसेलको दोस्रो डोज खाेप अभियान

95
  •  
  •  
  •  

काठमाडौं । सरकारले शुक्रबारदेखि दोस्रो डोजको खोप दिन देशभर अभियान सुरु गर्ने भएको छ । असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले शुक्रबारदेखि दोस्रो डोज पाउने स्वाथ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

पहिलो डोज लगाएका ५५ वर्षदेखि माथिका नागरिकलाई २१ दिनपछि दोस्रो डोज दिन लागिएको हो । यस्तै, अहिलेसम्म खोप नलगाएका व्यक्तिले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेभसाइट www.vaccine.mohp.gov.np मा अनिवार्य नाम दर्ता गर्नु पर्ने विभागले जनाएको छ । मन्त्रालयले यसकै आधारमा तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोपको व्यवस्था गर्ने स्पष्ट पारेको छ ।

यस्तै, विदेश जाने नेपाली नागरिकले खोप लगाएको विद्युतीय प्रमाण पत्र क्यूआर कोडसहितको कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् ।


  •  
  •  
  •