विदेश जाने श्रमिकलाई कोराना विरूद्दको खोप दिन शुरू

130
  •  
  •  
  •  

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरूले काठमाडौंको बाँसवारीस्थित गंगालाल अस्पतालबाट कोराना विरूद्दको खोप लगाउन पाउने भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार सोमबार देखि नै एकमात्र डोज लगाए हुने अमेरिकी कम्पनीको जोन्सन एण्ड जोन्सन खोप लगाउन शुरू भएको हो ।

खोपका लागि वैदेशिक रोजगारमा जाने श्रम स्वीकृतिको निस्सा र राहदानी देखाउनुपर्छ । खोप नलगाई गएमा कतार, साउदी अरबलगायतका नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुकहरूमा प्रवेशमा कडाइ गरिएको छ भने तोकिएको समय अनिवार्य क्वारेन्टिन बस्नुपर्ने, पीसीआर परीक्षण गर्नुपर्ने तथा पीसीआर परीक्षण नेगेटिभ आए पनि क्वारेन्टिनमा रहनैपर्ने व्यवस्था भएका स्वास्थ्य निर्देशिका लागू गरिएको छ ।


  •  
  •  
  •