काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको बहाव बढ्यो (फोटोफिचर)

104
  •  
  •  
  •  

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदीमा पानीको सतह बढेको छ।

नदी तथा नालाको पानी किनारको सडकसम्म आउन सक्ने भन्दै सतर्क रहन समेत अपिल गरिएको छ।

आइतबारदेखि लगातार परेको वर्षाले बाग्मती, बिष्णुमति, मनोहरा, हनुमन्तेलगायत खोलामा पानीको बहाव बढ्दा नदी आसपासका बस्तीहरु डुबानमा परेका हुन् । टेकु, बल्खु, किर्तिपुर लगायतका सुकुम्बासी बस्ती समेत बाढीले प्रभावित बनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशााका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ।

काठमाडौं र ललितपुरबीच भएर बग्ने बागमती नदीमा आएको बाढीका केही तस्वीर

 

 


  •  
  •  
  •