नेपालले हङकङलाई पाँच विकेटले हराउँदै जित हात पर्याे

341
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपाल चाैथाे खेलमा विजयी हासिल गरेकाे छ। नेपालले हङकङलाई पाँच विकेटले हराउँदै जित हासिल गरेकाे छ ।

१ सय ५४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेटाएको हो ।

नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४८ रन तथा सोमपाल कामीले अविजित ३७ रन बनाए ।

यसअघि नेपालका अनिल साहले २६, ज्ञानेन्द्र मल्ले १२, पारस खडका ११, दिपेन्द्रसिंह एैरी १२ र आरिफ सेखले २ रन बनाएका थिए ।

नेपालका सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २/२ ,सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

समान अ‌ंक भए पनि नेपाल रनरेटकाे अाधारमा अफगानिस्तानभन्दा तल रहेकाले सुपर सिक्समा पुग्न सकेन ।अब नेपालले प्लेअपका लागि पपुवा न्युगिनिसँग खेल्नेछ ।


  •  
  •  
  •