आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज औपचारिक उद्घाटन

648
  •  
  •  
  •  

नेपालगञ्ज, ५ वैशाख(ओएनएस) : प्रदेश नम्बर ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज नेपालगञ्जमा हुँदैछ ।

‘आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नारासहित नेपालगंजको महेन्द्र रंगशालामा बिहीबार साँझ विशेष कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ दुई हजार ८ सय २५ तथा महिलातर्फ दुई हजार ३ सय ८६ खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा तीन सय ७२ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताका केही खेल गत चैत २७ गतेदेखि नै सञ्चालन भएका थिए ।

प्रत्येक दुई–दुई वर्षमा हुने प्रतियोगिता पहिलो पटक निरन्तर सञ्चालन भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताए ।


  •  
  •  
  •