सरकारले राखेपका ९ बोर्ड सदस्यलाई सोध्यो स्पष्टीकरण

64
  •  
  •  
  •  

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ९ जना बोर्ड सदस्यलाई स्पष्टीकरण सोधेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रिस्तरीय निर्णय गर्दै नियुक्त गरेका ९ जनासँग युवा तथा खेलकुद मन्त्रालयले स्पष्टीकरण सोधेको हो।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको मन्त्री स्तरीय निर्णय अनुसार राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टीकरण सोधिएको हो। यही कात्तिक २५ गते मन्त्रालयबाट पत्र पठाउँदै बोर्ड सदस्यहरु रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुन केसी, इन्दिरा निरौला, रिम रानाभाट, गोपाल खनाल र गोबिन्द भट्टराईसँग स्पष्टीकरण सोधिएको छ।

बोर्ड सदस्यलाई पठाइएको पत्रमा ३ वटा कार्य गर्न नसकेको आरोप लगाइएको छ। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम एक तिहाई सदस्यले बैठक बोलाउन अध्यक्षसमक्ष लिखित अनुरोध गर्नसक्ने प्रावधान हुँदा पनि खेलकुदको विकास र विस्तारमा उदासिन देखिएको पत्रमा जनाइएको छ।


  •  
  •  
  •