राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता कपिलवस्तुमा

67
  •  
  •  
  •  

काठमाडौं । कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ हुने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष जीवन गिरीले कपिलवस्तुको तिलौराकोटलाई विश्वभर चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

करीब १०० ले प्रतिष्पर्धा गर्ने छन् सो प्रतियोगिता छ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५ं) गराईने विजेतालाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा आफ्नो वजन समूहका अन्य विजेतालाई क्रमशः रु १५ हजार, रु दश हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने छ । काठमाडौँ बडीबिल्डिङ संघबाट उक्त प्रतियोगिताका लागि २५ जना सहभागी हुने जनाइएको छ ।


  •  
  •  
  •