विश्वकप छनोटमा नेपालको लगातार तेस्रो हार, ६ विकेटले पराजित

299
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन (ओएनएस) : आइसिसी विश्वकप छनोट प्रतियोगितामा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ।

शनिबार जिम्बावेको बुलावायो एथलेटिक मैदानमा समूह ‘बी’ को खेलमा नेपाललाई अफगानिस्तानले ६ विकेटले पराजित गरेको हो। यसअघि नेपाल आयोजक जिम्बावे र स्कटल्यान्डसँग पराजित भएको थियो।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेका नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो ।

नेपालले दिएको १ सय ९५ रनको लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा पार गरेर सानदार जित हात पारेको हो।

नेपाललाई पराजित गर्ने क्रममा अफगानिस्तानका लागि नाजिबुल्लाह जार्डानले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ५१ रन जोडे। उनले ४७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।


  •  
  •  
  •