नेपालले पहिलो पटक पायो एकदिवसीय मान्यता,क्रिकेट इतिहासमै ठूलो सफलता

253
  •  
  •  
  •  

काठमाडौं, १ चैत (ओएनएस): नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको छ।

क्रिकेट इतिहासमै नेपालले ठूलो सफलता हात पारेको हो । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डर हङकङको खेललाई कुर्दै बसेको नेपाल नेदरल्याण्डले हङकङलाईलाई ४४ रनले हराएपछि पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो।

नेपालले अबको ४ वर्षसम्म एकदिवसीय मान्यता पाउने छ । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ भने निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ ।

 


  •  
  •  
  •