नेपाल एकदिवसीय मान्यता नजिक, पिएनजी ६ विकेटले पराजित

नेपाल हङकङ र नेदरल्याण्डकाे खेल कुर्नपर्ने
252
  •  
  •  
  •  

काठमाडाैँ, १ चैत (ओएनएस) : जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत आज भएको खेलमा नेपालले पिएनजीलाई ६ विकेटले पराजित गरेको छ। यस जितसँगै नेपाल एकदिवसीय मान्यताको नजिक पुगेको छ।

एकदिवसीय मान्यताका पाउन नेपालले हङकङ र नेदरल्याण्डको खेल कुर्नु पर्ने भएको छ। यी दुइ टोलीबीच खेल भइरहेको छ। यदि नेदरल्याण्डले हङकङलाई पराजित गरे नेपाले एकदिवसीय मान्यता पाउने छ। हङकङले जिते एकदिवसीय मान्यताको लागि नेपालले हङकङसँग खेल्नुपर्ने छ।

१ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ४ विकेट गुमाउँदै १ सय १५ रन बनायो । नेपालका लागि बलिङमा ४ विकेट लिएका दिपेन्द्रसिंह ऐरीले नटआउट सर्वाधिक ५० रन बनाए ।

ओपनर ज्ञानेन्द्र मल्ल १ अर्का ओपनर अनिल साह ९ रनमा आउट भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कप्तान पारस खडका २० रनमा आउट हुँदा नेपालको ब्याटिङ लाइन धरमराएको थियो । खराब अवस्थामा रहेको नेपालको ब्याटिङलाई दिपेन्द्रसिंह ऐरी र आरिफ सेखको जोडिले जितको बाटोमा डोराएका थिए ।नेपालको सय रन पूरा भएपछि आउट भएका आरिफले २६ रन बनाएर आउट भए । रोहित पौडेलले नटआउट ३ रन बनाए ।


  •  
  •  
  •