ला लिगा : म्याड्रिड पराजित भएपछि बार्सिलोना उपाधि नजिक

258
  •  
  •  
  •  

 

७ बैशाख  – स्पेनिस ला लिगाको खेलमा एट्लेटिको म्याड्रिड पराजित भएपछि शीर्ष स्थानको बार्सिलोना उपाधि नजिक पुगेको छ।

ला लिगाको अंक तालिकाको दोस्रो स्थानमा रहेको म्याड्रिड पराजित भएपछि शीर्ष स्थानको बार्सिलोना उपाधि नजिक पुगेको हाे।

एट्लेटिको बिहीबार राति भएको खेलमा रियल सोसिडाडसँग ३-० गोलले पराजित भएको हो। सोसिडाडको जितमा डा सिल्भाले २७ मिनेटमा गोल गर्दा जाउमीले ८० र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे।

१२ अंकले अघि रहेको शीर्ष स्थानको बार्सिलोनाको ८३ अंक छ। अब बार्सिलोना बाँकी रहेका ५ मध्ये १ खेलमा जित हात पारे ला लिगाको च्याम्पियन बन्नेछ।


  •  
  •  
  •