डीपीएल : फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहाबीच प्रतिस्पर्धा

230
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (अाेएनएस) : धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत मंगलबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ । काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहाबीच प्रतिस्पर्धा हुन लागेेकाे अायाेजकले जनाएकाे छ।

प्रतियोगितामा अपराजित एक्लो टिम काठमाडौं गोल्डेन्सले घरेलु टिमविरुद्ध जित निकालेमा फाइनलमा स्थान बनाउनेछ । यदि साविक विजेता चौराहा विजयी भएमा लगातार दोस्रो पटक उपाधि नजिक पुग्नेछ ।

मंगलबार त्यसको बदला पनि लिने मौका हुनेछ । यसअघि अघिल्लो संस्करणमा पनि यी दुई टिमले एक अर्काविरुद्ध दुई पटक खेलेका थिए । जसमा काडमाडौं गोल्डेन्स दुवै खेलमा पराजित भएको थियो । त्यति बेलाका कप्तान पारस खड्काले काठमाडौंलाई हराउन महत्वपूर्ण भूमिका खेलेका थिए । मंगलबारै प्लेअफमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरीयाबीच खेल हुँदैछ ।


  •  
  •  
  •