विराट गोल्डकप : अाज हुने पहिलो सेमिफाइलनमा झापा ११ र त्रिभुवन आर्मी क्लब भिड्दै

277
  •  
  •  
  •  

काठमाडौं, २३ चैत (ओएनएस) : माेरङमा विराट गोल्डकप फुटबल खेल अाजदेखि सुरु हुदैँछ। अाजदेखि सेमिफाइनलका खेलहरु सुरु हुन लागेका छन्।

सेमिफाइनलकाे पहिलो खेलमा झापा ११ र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।विराटनगरको शहीद रंगशालामा खेल बेलुका ६ बजेपछि सुरु हुनेछ ।

झापा ११ मोरङ ११ लाई र आर्मीले पुलिसलाई हराउँदै सेमिफाइन भेट पक्का गरेका छन् । शुक्रबारको विजेताले उपाधिका लागि शनिबार हुने थ्री स्टार र संकटा क्लबको विजेतासँग खेल्नेछन् । प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।


  •  
  •  
  •