नेपाल पहिलो खेलमा पराजित, जिम्बावे ११६ रनले विजयी

310
  •  
  •  
  •  

काठमाडौं, २० फागुन (ओएनएस) : आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपाल पहिलो खेलमा पराजित भएको छ। शनिबार बुलावायोमा भएको खेलमा नेपाललाई घरेलु टिम जिम्बावेले १ सय १६ रनले पराजित गरेको हो।

जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रन बनायो ।

नेपालका लागि २ ब्याट्मस्यानले अर्धशतक प्रहार गरे। मध्यक्रमका ब्याट्सम्याद्वय आरिफ शेख र शरद भेषावकरले अर्धशतक प्रहार गरेका हुन्। आरिफले ५० रन जोडे। उनले ५९ बलमा ५ चौका प्रहार गरे।

शरद भेषावकरले ५२ रनको योगदान दिए। उनले ४८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

नेपालले ओपनिङ ब्याट्सम्यान दिलीप नाथ २ रनमा आउट हुँदा कप्तान पारस खड्काले ४० रनको योगदान गरे। पारसले ३७ बल खेल्दा ८ चौका प्रहार गरेका थिए। दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे।

ओपनर ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट भए। उनले ५९ बलमा ३ चौका प्रहार गरे। रोहितकुमार पौडेलले ३० रनको योगदान गरे। बसन्त रेग्मी २ रनमा आउट हुँदा सोमपाल कामीले नटआउट १२ रन  र सन्दीप लामिछानेले नआउट ७ रनको योगदान दिए।

 


  •  
  •  
  •