को हुन् नवनियुक्त अर्थमन्त्री डा. खतिवडा

1042
  •  
  •  
  •  

काठमाडौं, १४ फागुन (ओएनएस) : नवनियुक्त अर्थमन्त्री डाक्टर युवराज खतिवडा नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर हुन भने युएनडिपी रिजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा लामो समय काम गरी आर्थिक क्षेत्रको अनुभव बटुलेका ब्यक्ति हुन्।

खतिवडा २०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसमेत रही काम गरेका हुन्।
खतिवडाले दिल्ली विश्व विद्यालयबाट मौद्रिक अर्थतन्त्रमा पीएचडी गरेका हुन्।

नवनियुक्त अर्थमन्त्री डा. खतिवडा २०५० सालमा महेन्द्र विद्या भुषण तथा २०५७ सालमा सुप्रबल गोर्खा दक्षिण बाहु प्राप्त गरेका हुन्। नेकपा एमालेबाट डाक्टर युवराज खतिवडा अर्थमन्त्री बन्नुभएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएका खतिवडाको सांसद पदको शपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाएको छ ।संविधान अनुसार सांसद नभएको व्यक्तिलाई पनि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था भएकाले ओलीले डा. खतिवडालाई मन्त्री नियुक्त गरेका हुन्।


  •  
  •  
  •