राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा खतिवडा नियुक्त

124
  •  
  •  
  •  

Yubraj Khatiwadaकाठमाडौँ, १८ कात्तिक(एजेन्सी) : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.युवराज खतिवडा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बुधवार बसेको बैठकले खतिवडालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको हो ।

बैठकले मधेस आन्दोलनमा मृत्यु भएकाहरुका परिवारलाई १० लाख रूपैया क्षतिपूर्ति दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता कानुन मन्त्री अग्नि खरेलका अनुसार मधेसी मोर्चाको माग बमोजिम वार्तालाई सहज बनाउन सरकारले यो निर्णय गरेको हो । शहीद घोषणाको माग भने पूरा हुन बाँकी छ ।


  •  
  •  
  •