आदिवासीमा सूचिकृत नगरिए ४४ लाख क्षत्री सडक उत्रने

1355
  •  
  •  
  •  

Logo-New1-150x150काठमाडौं, ४ फागुन (ओएनएस)  :  क्षत्री समाज नेपालले आदिवासीमा सुचिकृत नगरिएका ४४ लाख खस क्षत्रीलाई सडमा उत्रार्ने चेतावनी दिएको छ । समाजले सोमबार पत्रकार सम्मेलन गर्दै मागहरु अब बन्ने संविधानमा सम्बोधन नगरिए कडा आन्दोनलमा उत्रने चेतावनी दिएको हो ।
समाजले अब बन्ने संविधानमा क्षत्री जातिलाई आदिवासी जातिमा सूचिकृत गरिनु पर्ने लगायतका माग अघि सार्दै आएको छ ।
समाजका अध्यक्ष प्रा.डा. चन्द्रबहादुर थापाले मागहरु पूरा गराउन आन्दोलनमा नै रहेको बताउँदै अब बन्ने संविधानमा मागहरु समेटिनु पर्ने बताए । उनले २०६३ सालमा जारी गरिएको अन्तरिम संविधानले क्षत्रीलाई जिउँदै मारेको स्मरण गर्दै अब बन्ने संविधानमा आदिवासीमा सूचिकृत गर्नुपर्ने धारणा राखेका छन् ।
समाजले खस क्षत्रीलाई आदिवासीमा सूचिकृत गरिनुपर्ने, संघीयताका आधार जाती, भाषा र धर्म नभएर भूगोललाई बनाउनु पर्ने र प्रदेशको नामाकरण गर्दा नदि नाला तथा हिमश्रृङ्खलाको नाममा राखिनुपर्ने, पाँच विकास क्षेत्रलाई नै संघीय राज्य बनाउनु पर्ने लगायतका ६ बुँदे मागहरु अघि सारेको छ ।
समाजका अध्यक्ष थापाले क्षत्री जातिलाई आदिवासी जातिमा सूचिकृत गर्न नेपाल सरकारले २०६८ सालमै कार्यदल गठन गरेपनि हालसम्म अहिलेसम्म त्यसबारेमा कुनै सुनुवाई नभएको भन्दै गुनासो पोखे । उनले भने–‘आई.एल.ओ १६९ मागरिएको परिभाषा अनुसार नै आदिवासी जातिमा खस क्षत्रीलाई समावेश गर्नुपर्छ तर अहिले सम्म त्यो हुन सकिरहेको छैन ।’ यद्यपी थापाले क्षत्री जातिलाई आदिवासीमा सूचिकृत गर्नुपर्छ भन्नुको अर्थ अन्य जातिको अधिकार खोस्नुपर्छ भन्ने नभएको तर्क गरे ।


  •  
  •  
  •