प्रदेश -१ : खरेजीमा परेका सरकारी कार्यालय प्रदेश सरकारअन्तर्गत रहने

377
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : प्रदेश -१ मा खरेज भएका सरकारी कार्यालय प्रदेश सरकारअन्तर्गत रहने निर्णय भएकाे छ। प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले झापाको चन्द्रगढी कलवलगुडीस्थितकाे प्रशिक्षण केन्द्रलगायतका सरकारी कार्यालय प्रदेश सरकार अन्तर्गत रहने बताए।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बिहीबार साँझ बसेको प्रदेश स्तरीय मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको प्रदेश सरकार प्रवक्ता कार्कीले पत्रकार सम्मेलनको आयोजना गरी उक्त निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले कानून मस्यौदा समितिको कार्यविधि स्वीकृत गर्नुका साथै प्रदेशसभाका पदाधिकारीको पारिश्रमिक र सुविधासम्बन्धी कानून मस्यौदाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको सम्मेलनमा कार्कीले जानकारी दिए। मन्त्री कार्कीले मुख्यमन्त्री आवासका लागि भाडामा भवन लिनका लागि उपयुक्त व्यवस्था गर्ने बताए ।


  •  
  •  
  •