खराब मौसमका कारण विमानस्थल बन्द

606
  •  
  •  
  •  

काठमाडौं । वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवै अवतरण रोकिएको छ । भिजिविलिटी नपुगेपछि दिउँसो सवा दुई बजेदेखि आन्तरिक तथा बाह्य अवतरण रोकिएको हो ।

पर्याप्त भिजिविलिटीको अभावमा काठमाडौं आएका पर्यटकीय हेलिकोप्टरहरुले छिमेकी जिल्लाहरुमा अवतरण गरेका छन् ।

अन्तर्राष्ट्रिय उडानका विमान पनि आकाशै फन्को लगाइरहेका छन् भने आन्तरिक उडानलाई होल्ड गरिएको छ । मौसम प्रतिकुल भएपछि उडानमा पनि समस्या देखिएको हो ।

त्रिभुवन विमानस्थलबाट तीन सय बढी आन्तरिक र ७० बढी अन्तर्राष्ट्रिय उडान–अवतरण हुँदै आएको छ ।


  •  
  •  
  •