पाँच लाख राशीको खप्तड गोकपको उपाधिका लागि संकटा र मनाङ मस्याङ्दी भिडदै

564
  •  
  •  
  •  

khaptad goldcupधनगढी,  १ माघ (ओएनएस) : काठमाडौँको संकटा क्लब र मनाङ मस्याङ्दी धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि भिडने भएका छन् ।

फाइनल खेल शनिबार (आज) दिउँसो धनगढी रंगशालामा हुनेछ ।

विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पाउने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए । गोल्डकपको उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल प्राप्त गर्ने जनाइएको छ ।

ए डिभिजन क्लब मनाङ मस्याङ्दी भारतको दिल्ली युनाईटेडलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो, भने संकटा क्लब घरेलु टोलीलाई निराश पार्दै उपाधिका लागि फाइनल यात्रा तय गरेको हो ।

भागेश्वर गुप्रको मुख्य प्रायोजनामा सञ्चालन भइरहेको गोल्डकप पुस २१ गतेदेखि सुरु भएको हो ।


  •  
  •  
  •