खनालको अशंबन्डा मिलाउन भाइहरुले वैद्य माओवादी गुहारे

288
  •  
  •  
  •  

झापा, जेठ ३ – शुक्रबार बिहानैदेखि पूर्वप्रधानमन्त्री झलनाथ खनालका जेठा दाजु रत्ननाथको झापा जिल्लामा पर्ने भर्खरै घोषणा भएको शनिअर्जुन नगरपालिकास्थित घरमा घरमा मानिसहरुको  निकै भीडभाड थियो । उनका दाजुभाइ, छिमेकी तथा नेकपा माओवादी झापाका कार्यकर्ताको त्यहाँ ठूलै जमात थियो।

एमाले अध्यक्ष खनालको परिवारमा माओवादीका कार्यकर्ता जग्गा विवादको मुद्दाका बारेमा छलफल गर्न त्यहाँ उपस्थित भएका थिए । लामो समयसम्म अंशबन्डाको मुद्दा टुंगो नलागेका कारण अब जुनसुकै विकल्प अपनाउने निर्णय भएको माओवादीका नेता दयाराम दाहालले बताए।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष खनाल परिवारमा अंशबन्डाको झगडा चर्किदै गएपछि खनालका दाजुभाइले नेकपा माओवादी गुहारेका रहेछन् । उजुरीमा आफूहरु अन्यायमा परेको भन्दै अंशबन्डा मिलाउनका लागि सहयोग गरिदिन माओवादीलाई उनीहरुले आग्रह गरेका हुन् । खनाल परिवारको अर्जुनधानस्थित लगभग २० करोड मुल्य पर्ने १० बिगाहा जमिनमा आफूले अंश नपाएको भन्दै उनीहरुले उजुरी दिएका हुन्।

एमाले अध्यक्ष खनालका भाइहरु पूर्णचन्द्र, धर्मप्रसाद,गंगाप्रसाद, जनकप्रसाद र प्रेमले माओवादीसमक्ष न्यायका लागि उजुरी दिएका हुन्। अहिले वैद्य माओवादीका नेता तथा कार्यकर्ता खनाल परिवारको अंशबन्डा मिलाउन सक्रिय छन् ।

अन्नपूर्ण पोस्ट


  •  
  •  
  •