अध्यक्ष खनालको समर्थन नेपाललाई

266
  •  
  •  
  •  

भुवन क्षेत्री
काठमाडौं, १८ असार (ओएनएस) । नवौ महाधिवेशनको अन्तिम समयसम्म कुनै पनि गुटमा नखुलेका एमाले अध्यक्ष झलनाथ खनालले वरिष्ठ नेता नेपाल समुहलाई नै सहयोग गर्ने भएका छन् । बुधवार बिहान भएको नेपाल समुहसँगको छलफलमा उनले आफ्नो समर्थन रहेको भन्दै अधि बढ्न नेपालाई आग्रह गरेका छन् । सहमतिबाट आफू फेरि अध्यक्ष हुने सम्भावना नदेखेपछि खनाल नेपालको पक्षमा खुल्ने निस्कर्षमा पुगेको एक नेताले बताए ।

संसदीय दलको चुनावमा खनालाई साथ दिएका नेपालले दुईवटा प्रस्ताव राखेका थिए । पहिलो आफै अध्यक्ष बन्न र दोस्रो सामुहिक वक्तव्यमा आफुलाई समर्थन रहेको जानकारी दिन । दुईटै प्रस्ताव खनालले तत्काल अस्वीकृत गरे । तर, नेपालको पक्षमा हरियो वत्ति बाले । उनी निकट एक नेताका अनुसार नेपालले अध्यक्ष बन्ने चाहाना भए आफुपछि हटेर खनाललाई नै अघि सार्न तयार रहेको बताएका थिए । ‘मैले यत्रो मिहेनत गरेर ठूलो समुह बनाइसकेको छु तपाई अध्यक्ष बन्न चाहानुहुन्छ भने अघि आउनुहोस म सहयोग गर्न तयार छु’ नेपालको भनाई उदृत गर्दै एक नेपालले भने, ‘नभए अब मेरो पक्षमा खुल्नुपर्छ सामुहिक वक्तव्यबाट त्यसको सन्देश दिनुपर्छ ।’

खनालले अहिले आफ्नो समर्थन नेपाल समुहलाई रहेको र आवश्यकताअनुसार खुल्ने बचन दिएका छन् । ‘अहिले नै विज्ञप्ती निकाल्नु हतार हुन्छ’ छलफलका क्रममा खनालले भने, ‘म तपाईसँग छु आवश्यकताअनुसार त्यो अवस्था आयो भने त्यसमा पनि जानुपर्छ ।’ बाहिरी रुपमा नखुलेको खनाल भित्री रुपमा नेपाल पक्षमा खुलिसकेका छन् ।

नेपाल पक्षका नेता रघुजी पन्तले अध्यक्ष खनाल नेपाल समुहमै रहेको दावी गरे । खनाल समुहमा रहेका सबै नेता नेपालतिर भएकाले पनि खनालाई नेपालपक्षमा लाग्न नैतिक दवाव पर्ने उनले बताए । नेपाल पक्षमा नेता भीम आचार्य भने खनाल अँझै पनि सहमतिको आधारमा अध्यक्ष हुने पक्षमा रहेका बताइरहेका छन् । आचार्यले सहमति नहुने अवस्था आए संसदीय दलमा देखिएको समिकरण कायम हुने उनले बताए । ‘अहिले खनाल सहमतिको अध्यक्ष हुने पक्षमा हुनुपर्छ भन्ने हाम्रो भनाई हो ।’ ओएनएससँग उनले भने, ‘सहमति नहुने अवस्था आए पछिल्लो समिकरण अनुसार अघि बढ्नुहुन्छ होला ।’

नेतृत्व हत्याउन दुई गुटको शक्ति प्रदर्शन

नेकपा एमालेमो नवौै महाधिवेसन सुरु हुन केहीघण्टा बाँकी रहँदा पार्टीभित्रका दुईवटा प्यानल शक्ति प्रदर्शनमा लागेका छन् । बुधवार नेता केपी शर्मा ओली सहुमले बागबजारमा १२ अञ्चल प्रमुख र ४९ जिल्ला अध्यक्ष आफ्नो विचार समुहमा रहेका दावी सहित नामावली सार्वजनिक ग¥यो । त्यसको केहीबेरमा नै ओलीले पत्रकार सम्मेलन गरेको केहीपर कमलादीस्थित प्रज्ञाभवमा बरिष्ठ नेता माधवकुमार नेपाल समुहले पत्रकार सम्मेलन गरि आफ्नो पक्षको बलियो आधार पेस ग¥यो । अहिले दुइटै गुट आफ्ना पक्षमा खुलेका सदस्यलाई कायम राख्न र नखुलेका तान्ने कसरतमा लागेका छन् ।

डल्लुतिर गुटका नेताको ताँती

दुइटै गुटको पहिलो आकर्षण डल्लुतिर छ । ओली पक्षले पनि खनाल आफ्नो पक्षमा आउने आश गरेको छ । गएको हप्ता अध्यक्षका प्रत्यासी ओली आफ्नो विचार समुहमा दुईवटा शक्तिशाली ‘पिल्लर’ मानिएका उपाध्यक्ष वामदेव गौतम र सचिव विष्णु पौडेललाई बोकेर अध्यक्ष खनालको निवास डल्लु पुगेका थिए । त्यसपछि अध्यक्षका अर्का प्रत्यासी नेपाल तीन पटक डल्लु पुगिसकेका छन् । खनालसँगको भेटमा ओलीले समर्थन गर्न प्रस्ताव गरेका थिए । तर, जवाफमा खनालले तत्काल आफु कसैको पक्षमा नलाग्ने भन्दै सहमतिका आधारमा नेता चयन गर्ने गृहकार्यमा लाग्न उल्टै ओलीलाई सुझाव दिएर पठाए ।

‘ओलीले अध्यक्षमा समर्थन खोज्नु भएको थियो तर खनालले गुटको नेता नहुन सल्लाह दिए’ खनाल निकटका एक नेताले ओएनएससँग भने, ‘म अध्यक्षको हैसियतले गुटको पछि लाग्न मिल्दैन सक्नुहुन्छ भने तपाई पनि माधव जीलाई सहमतिमा ल्याउनुहोस् अध्यक्षन बन्नुहोस मेरो शुभकामना छ ।’


  •  
  •  
  •