हुटिङ नगर्न खनालको निर्देशन

113
  •  
  •  
  •  

काठमाडौं, २० असार (ओएनएस) । एमाले अध्यक्ष झलनाथ खनालले कुनै पनि पक्षमा हुटिङ नगर्न निर्देशन दिएका छन् । अध्यक्षका प्रत्यासीद्वय माधव नेपाल र केपी ओलीको पक्षमा कार्यकर्ताले हुटिङ गर्न सुरु गरेपछि खनालले कसैको पक्ष/विपक्षमा हुटिङ नगर्न निर्देशन दिएका हुन् ।

‘झण्डा जलाउने एमाले होइनन्’

एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको झण्डा जलाउने एमाले हुन नसक्ने बताएका छन् । बिहीवार उद्घाटनसत्रमा प्रवेश गर्न नपाएका आक्रोशित कार्यकर्ताले महाधिवेशनस्थलमा तोडफोड गरेका थिए । महासचिव पोखरेलले महाधिवेशन व्यवस्थापनमा पार्टीको केही कमजोरी भएको स्विकार गर्दै वर्षायामका कारण महाधिवशेनस्थलमा सबै कार्यकर्तालाई प्रवेश गराउन नसकिएको बताए ।

‘पार्टी कार्यकर्ताको भावनामा चोट पुगेकोमा हामीलाई खेद छ’, उनले भने, ‘तर कार्यकर्ताको भेषमा केही अराजक तत्वको घुसपैठ भएको छ । केही अराजक तत्वले हाम्रो पार्टीको झण्डा जलाएका छन । ती मानिस एमाले हुन सक्दैनन् ।’ उनले महाविधेशनस्थलमा भएको तोडफोडको विषयमा छानविन गर्न मागसमेत गरेका छन् ।


  •  
  •  
  •