काठमाडौं, असोज १२ (ओएनएस) : नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले ‘शम्भु खनाल बचाउ स्वास्थ्य उपचार कोष’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
शाखाका साधारण सदस्य पाल्पा निवासी पत्रकार शम्भु खनाल क्यान्सर रोगका कारण अस्वस्थ्य भएकाले उपचारका लागि कोष सञ्चालन गर्ने निर्णय गरेको शाखाले जनाएको छ । खनालको चितवनमा रहको भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।
शाखाले निकालेको विज्ञप्तिमा भनिएको छ,‘उहाँको आर्थिक अवस्था अत्यन्तै दयनिय रहेको र पेशागत मर्यादाका लागि एक पत्रकारको जीवनरक्षाका लागि सहयोग जरुरी छ ।’
शाखाले लुम्विनी बैक लिमिटेड, अनामनगर, काठमाडौंको वचत खाता नम्वर १८२००००००६ मा खाता सञ्चालन गरिएको भन्दै सहयोगका लागि सबैसँग आग्रह गरेको छ ।