काठमाडौं, २४ असार (ओएनएस) । राजधानीमा जारी एमालेको महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व चयन हुने पक्का भएपछि कसैको पनि समर्थनमा मुख नखोलेका अध्यक्ष झलनाथ खनाललाई एकअर्काे पक्षले आफ्नो पक्षमा रहेको बताउन थालेका छन् ।
सोमबारर माधवकुमार नेपाल समूहले खनालले आफ्नो पक्षमा रहेको जानकारी दिएको जवाफमा मंगलबार अर्का नेता केपी ओलीले पत्रकार सम्मेलननै गरेर खनाल आफ्नो पक्षमा रहेको दाबी गरे । नेपाल समूह र ओली समूह प्यानलै बनाएर निर्वाचनमा जाने अन्तिम तयारी गरिरहेका छन् । दुबै पक्ष हारिन्छकी भन्ने डरमा रहेकाले निर्णायक देखिएका खनाललाई आ–आफ्नो पक्षमा रहेको देखाउन होडवाजी नै चलेको छ । यद्यपी खनाल निकट सबै नेताहरु नेपाल समूहमा सक्रिय छन् ।
अध्यक्षका प्रत्यासी ओलीले माधव नेपाल र झलनाथ खनालको समिकरणप्रति विश्वास नभएको तर्क गर्दैे खनालले आफूसँग पटक–पटक स्वास्थ्यले साथ दिन्छ भने आफ्नो समर्थन रहने बताएको दाबी गरे ।