चार वामसँग सहकार्य गर्न सकिने खनालको प्रस्ताव

175
  •  
  •  
  •  

काठमाडौं, २१ असार (ओएनएस) । नेकपा एमालेले आफूसँ विचार मिल्ने चारवटा साना वामपन्थी दलसँग सहकार्य गर्न प्रस्ताव गरेको छ । काठमाडौमा जारी नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्ष झलनाथ खनालले पेश गरेको यस्तो प्रस्ताव गरिएको हो ।

‘नेकपा माले, नेकपा संयुक्त, राष्टिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसंग सहकार्यको प्रस्ताव गरिएको छ’ नेकपा एमालेका एक प्रतिनिधिले भने । अध्यक्ष खनालले पेश गरेको राजनीतिक प्रतिवेदनको ‘राजनीतिक शक्तिको विश्लेषण तथा सन्तुलनको बिद्यमान अवस्था’ शीर्षकमा साना दलसँग सहकार्यको प्रस्ताव गरिएको छ ।
प्रस्तावमा कांगे्रसलाई यथास्थितिमा रमाउने र एकीकृत माओवादीलाई उग्रवामपन्थी भडकावमा विश्वास गर्ने पार्टीको रुपमा चित्रण गरिएको छ । ‘मुलुकमा जातीय–क्षेत्रीय अतिवादको विजारोपणका लागि माओवादी नीतिहरू जिम्मेवार छन्’, प्रस्तावमा उल्लेख छ ।

‘नीतिमा रहेका कतिपय जडता र यान्त्रिकता तथा नेतृत्वमा रहेको सङ्कीर्णताका कारण यो समूह विभाजन र विखण्डनको निरन्तर श्रृङ्खलाबाट गुज्रिरहेको छ’, नेकपा मालेको सम्बन्धमा अध्यक्ष खनालको प्रस्तवामा भनिएको छ, ‘क्रान्तिका आधार भूत प्रश्नमा ठूलो मतभिन्नता नरहेको यथार्थलाई आधार बनाएर यस समूहसँग सहकार्य र एकताका लागि सार्थक पहल अगाडि बढाउनुपर्छ ।’

अध्यक्ष खनालले मोहन विक्रम सिंहको नेकपा मसालसँग पनि कार्यगत एकताको संभावना औल्याएका छन् । ‘मुलुकमा लोकतान्त्रिक गणतन्त्र आइसके पनि आफूलाई अँझै ‘अद्र्धभूमिगत’ राख्ने व्यवहारबाटै यस समूहमा रहेको जडतालाई मापन गर्न सकिन्छ’, खनालको प्रस्तावमा भनिएको छ, ‘क्रान्ति र परि वर्तनका अनेकौं प्रश्नमा अवस्तुवादी र जडमान्यता, सङ्घीयताले मुलुक टुक्रिन्छ भन्ने मनोगत विश्लेषण र सङ्घीयताको विरोध जस्ता अनुचित अडानका बाबजुद संविधान निर्माण, लोकतन्त्रको सुदृढीकरण र जनजीविका एवं राष्ट्रियताका विभिन्न मुद्दामा यस समूहसँग सहकार्यका पर्याप्त आधार विद्यमान छन् । यस समूहसँग तदनुरूप नै सम्बन्धलाई व्यवस्थित गर्ने प्रयत्न गर्नुपर्छ ।’

तर राजमो अध्यक्ष चित्रबहादुर केसी भने, तत्काल कार्यगत एकताको सम्भावना नरहेको बताउँछन् । उनले भने, सिन्द्धातत कार्यगत एकता गर्न सकिन्छ तर, सत्तामा रमाइरहेको एमालेसँग हामी विपक्षमा रहेकाको कसरी एकता होला ?’

‘यो समूह पनि जडसूत्रवाद, यान्त्रिकता र सङ्कीर्णतावादी प्रवृत्ति बोकेको वामपन्थी समूह हो । आफ्नै सङ्कीर्ण नीति र व्यवहारका कारणर राष्ट्रिय राजनीतिमा खुम्चिँदै गएको यस समूहसँग तत्काल वामपन्थी एकताको संभावना नभए पनि तात्कालिक राजनीतिक मुद्दाहरूमा सहकार्यका संभावनाहरू छन्’ नेमकिपा बारे अध्यक्ष खनालको विश्लेषण छ ।


  •  
  •  
  •