नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजन सपोर्ट हटाइयो

84
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । भारतमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार खनालको ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ । स्वास्थ्यमा सुधार आएसँगै खनाललाई अहिले अक्सिजन सर्पोट निकालेर उपचार थालिएको छ ।

‘उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । पूर्णरुपमा सुधार हुन केही समय भने लाग्नेछ’, भट्टराईले भने ।


  •  
  •  
  •