नेता खनाललाई थप उपचारका लागि दिल्ली लगियाे

451
  •  
  •  
  •  

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिएकाे छ।

उनकाे परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लैजाने निर्णय भएपछि नर्भिक अस्पतालले डिस्चार्ज दिएको थियाे।

उनी साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली प्रस्थान भएका छन्। नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको थियो।

लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई २ दिनअघि नर्भिक अस्पतालको आकश्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो।


  •  
  •  
  •