भारतीय संगीत निर्देशक खय्याम अस्पताल भर्ना 

788
  •  
  •  
  •  

मुम्बई । स्वास्थ्यमा समस्या देखिएपछि हिन्दी चलचित्रका  संगीत निर्देशक खय्याम अस्पताल भर्ना भएका छन् ।
उनलाई मुम्वईस्थित सुजय अस्पतालमा भर्ना गरिएको हो । उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
पदभूषण तथा संगीत नाटक ऐकेडेमीबाट सम्मानित संगीतकार खय्यामको छातीमा इन्फेक्सन भएको कारण अस्पताल भर्ना गरिएको जनाइएको छ ।
यस विषयमा फेडरेसन अफ वेस्टर्न इण्डिया सिने इम्प्ल्वाई युनियनका अध्यक्ष बीएन तिवारीले जानकारी गराएको नवभारत टाइम्सले उल्लेख गरेको छ ।
संगीतकार खय्यामले कैयन हिट फिल्ममा संगीत दिएका छन् । उनको संगीत रहेको हिन्दी फिल्म ‘कभी–कभी’ र ‘उमराव जान’को संगीत आज पनि रुचाइन्छ ।

 


  •  
  •  
  •