सरकारी अस्पतालमा सेवा सुविधालाई प्रभावकारी बनाउनु पर्छ : स्वास्थ्यमन्त्री

224
  •  
  •  
  •  

जीवन नेपाल

दाङ,१९ मसिर : स्वास्थ्यमन्त्री खगराज अधिकारीले सरकारी अस्पतालमा सेवा सुविधालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । सरकारी तलब र सरकारी लगानीमा काम गर्ने चिकित्सकहरुले आफ्नो जिम्मेवारीबाट पछि हटिरहेको बताउँदै यसलाई सुधार गर्नुपर्ने बताए ।

सरकारी नीतिनियम अनुसार कामलाई प्रभावकारी बनाउनुपर्ने र अधिकारीले जनताको जीन्दगीसँग जोडिएको स्वास्थ्य सेवालाई कसैले पनि खेलबाड गर्न नहुने बताएका छन् । उनले नागरिकलाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सकहरूलाई निर्देशन दिएका छन् ।

उनले परिमार्जन सहित आफूले स्वास्थ्य नीति बनाएको बताउदै अब सबै अञ्चल र जिल्ला अस्पतालमा आइसियुको व्यवस्था गरिने र आवश्यक जनशक्तिको पदपूर्ति गरिने बताए । उनले कुनै पनि अस्पताल र स्वास्थ्य चौकीमा चिकित्सकको अभाव हुने नहुने दावी गरे । उनले अस्पतात तथा मन्त्रालय कुनै पार्टी विशेषको विर्ता नभएर जनताको भएको बताउँदै जनता प्रति सर्मर्पित हुन आवश्यक रहेको बताए ।

मन्त्री अधिकारीले नेपालमा कुनै पनि ठाऊँमा उपस्थाथ्य चौकी नरहने गरि २ हजार २ सय ५ स्थानमा स्वास्थ्य चौकी बनाइएको जानकारी दिए । उनले केही समयभित्रै औषधीको मुल्य तोकीने र स्वास्थ्य संस्थाहरू १० बजे देखि ५ बजेसम्म सञ्चालन गरिने तयारी गरेको उनको भनाई छ । उनले चिकित्सकहरूलाई अस्पताल बाहिर नभई अस्पताल भित्र नै काम गर्न आग्रह समेत गरे । चिकित्सकहरूले स्वास्थ्य मन्त्रालयलाई सहयोग नगरेको भन्दै उनले सरकारको तलव भत्ता खाएर सरकारकै विरोधका हिडने चिकित्सकहरु जनता प्रति वफादार नभएको गुनासो गरे  ।


  •  
  •  
  •