दोलखा कांग्रेसमा देउवा पक्षका खड्का

144
  •  
  •  
  •  

काठमाडौँ, १० फागुन(ओएनएस) : दोलखा कांग्रेसमा देउवा पक्षका रूद्रबहादुर खड्का सभापतिमा निर्वाचित भएका छन् ।

आइतबार भएको दोस्रो चरणको निर्वाचनबाट खड्का सभापतिमा निर्वाचित भएका हुन् । पहिलो चरणको निर्वाचनमा सभापतिका लागि ४ जनाबीच प्रतिष्पर्धा भएको थियो । तर, कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आइतबार पुनः निर्वाचन भएको थियो । कांग्रेसमा निर्वाचित हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ ।

खड्काले संस्थापन पक्षका ईश्वर मानन्धरलाई पराजित गरेका हुन् । खड्काले ३ सय ५६ मत ल्याएका थिए भने मानन्धरले २ सय ३३ मत ल्याएका थिए ।

निर्वाचनमा जिल्ला सचिव पदमा सन्तोष रिमाल विजयी भएका छन् भने कोषाध्यक्षमा कृष्ण गोपाल केसी निर्वाचित भएका छन् ।


  •  
  •  
  •