उपचारका लागि सहयोगको खोजीमा लमजुङ चितिका खड्कबहादुर मिजार

भन्छन्,‘सहयोग पाए बाँच्ने थिए’
1275
  •  
  •  
  •  

लमजुङ । लमजुङ बेसीशहर नगरपालिका ११ चिति तिलाहरका खड्कबहादुर मिजार यतिबेला जीवन मरणको दोसाधमा छन् ।

उनी ओछ्यानमै थला परेको ठ्याक्कै १ महिना पुग्न लाग्यो । तर आर्थिक अभावकै कारण उनको उपचार हुन सकेको छैन् । गएको कात्तिक ८ गते अष्टमीका दिन उनको जीवनमा दशा लागेर आयो । उनी घर नजिकै लड्न पुगे । अहिले उनी न त हिँड्न, सक्छन्, नत उभिन नै । दिसापिसाव गर्न पनि उनी जान सक्दैनन् । तर उनको बोलि भने प्रष्ट छ । उपचार नपाएर उनका शरिरमा घाउहरु पाक्न थालेका छन् ।

अष्टमीका दिन घरनजिकै बाटोमा लगेपछि उनलाई स्थानीयले चन्दा उठाएर उपचारका लागि सदरमुकाम बेसीशहर त पु¥याए । तर उनको त्यहाँ उपचार हुन सकेन् ।

डाक्टरहरुले उपचारका लागि काठमाडौं, पोखरा लैजान आग्रह गरेपनि आर्थिक अभावका कारण घर ल्याउन बाध्य भएको खड्कबहादुरकी श्रीमती कमला मिजारले बताइन् ।
उनले भनिन्, ‘आर्थिक अभावकै कारण उपचारमा समस्या भयो । अहिले उहाँ उपचार नपाएर दिनरात छटपटाइ रहनुभएको छ ।’

उपचारका लागि दुई लाख भन्दा बढि रकम खर्च हुने उनले बताइन् । आर्थिक अबस्था साह्रै नै दयानिय भएका उनको उपचारका लागि सहयोग गरिदिन श्रीमती कमलाले बताइन् । यसैबीच बेसीशहर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष अचुत बाबु बगालेले उनको उपचारका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

आर्थिक अभियान संकलन शुरु
यसैबीच खड्कबहादुरको उपचारका लागि शनिबारबाट आर्थिक संकलन अभियान शुरु गरिएको छ । सामाजिक काममा खटिँदै आएका बेसीशहर नगरपालिका १ का अन्सुल लोहनीको टोलीले  ‘खड्कबहादुर सार्की बचाउ’ अभियान शुरु गरेकाे हाे । उक्त अभियान अन्तर्गत शनिबारदेखि नै आर्थिक संकलनको काम शुरु भएको छ । लोहनीले उपचारका लागि सहयोग गर्न चाहनेले फोन नम्बर ९८०९४९९४२६ मा वा आमासमुहकी उपाध्यक्ष निर्मला सुनारकाे फोन नम्बर ९८२१५०८१७३ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

सिद्ध बाबा आमासमुहको सहयोग
खड्कबहादुरलाई उपचारका लागि आमा समुहले सहयोग गरेको छ । चिति तिलाहरमा रहेको सिद्धबाबा आमा समुहले नगद पाँच हजार दश रुपैयाँ सहयोग गरेको हो । आमासमुहको तर्फबाट उपाध्यक्ष निर्मला सुनारले उक्त रकम हस्तान्तरण गरेकी छन् ।

सहयोग हस्तान्तरण गर्दै आमा समुहकी उपाध्यक्ष निर्मला सुनार
चिति तिलाहर बजारबाट चन्दा संकलन गरि नौ सय पचपन्न रुपैयाँ हस्तान्तरण गर्दै स्थानीय ममता परियार


  •  
  •  
  •