लमजुङ चितिका खड्कबहादुरको उपचारका लागि सहयोगी हातहरु बढ्दै

456
  •  
  •  
  •  

काठमाडौं । लमजुङ बेसीशहर नगरपालिका ११ चिति तिलाहरका खड्कबहादुर मिजार (भोटे) को उपचारका लागी सहयोगी हातहरु बढ्दै गएको छ ।

गएको कात्तिकमा घर नजिकै लडेका उनी आर्थिक अभावकै कारण एक महिनादेखि ओछ्यानमै थला परेका थिए । उनको उपचारका लागि हाल देशविदेशबाट आर्थिक सहयोग संकलन प्राप्त भइरहेको ‘खड्कबहादुर मिजार बचाउ’ अभियान चलाइ रहेका अन्सुल लोहनीले जानकारी दिए । उनले उपचारका लागि सहयोग गर्न चाहनेले फोन नं.९८०९४९९४२६ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

खड्कबहादुरलाई सोमबार वडाअध्यक्ष अच्युतबाबु बगालेको समन्वयमा उपचारका लागि पोखरा लगिएको छ । अहिले उनलाई पोखरास्थित हरिखर्क हस्पिटलमा भर्ना गर्न लागिएको ‘खड्कबहादुर मिजार बचाउ’ अभियानका अभियन्ता एवं पत्रकार राजन परियारले जानकारी दिए ।

अष्टमीका दिन घरनजिकै बाटोमा लगेपछि उनलाई स्थानीयले चन्दा उठाएर उपचारका लागि सदरमुकाम बेसीशहर पु¥याएका थिए । तर उनको त्यहाँ उपचार हुन नसकेपछि आर्थिक अभावकै कारण घरमा राख्न बाध्य भएको उनको श्रीमती कमला मिजारले बताइन् ।

आर्थिक अवस्था साह्रै कमजोर भएका खड्कबहादुरलाई उपचारका लागि स्थानीय सिद्धबाबा आमा समुहले पनि साथ र सहयोग दिँदै आएको छ । आमा समुहकी उपाध्यक्ष निर्मला सुनाले आमा समुहले हालसम्म १२ हजार ५ सय १५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको बताइन् ।

 


  •  
  •  
  •