काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दाको सुनुवाइ २८ मंसिरमा हुने भएको छ ।
उच्च अदालत पाटनमा २८ मंसिरमा एकल इजलासमा पेसी तोकिन लागेको हो । उच्च अदालत पाटका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार एकल इजलासले मुद्दाको किनार लगाउनेछ ।
यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको राय बाझिएको थियो । उनीहरूको राय बाझिएका कारण खाँणलाई धरौटीमा छोड्ने कि थुनामै राख्ने भन्ने विषयमा टुंगो लागेको थिएन । त्यहीकारण तेस्रो न्यायाधीशमा पेस गर्न लागिएको हो ।