कप्तान मेस्सीकाे दायाँ हातको हड्डी भाँचियाे, बार्सिलोना शीर्षस्थानमा

702
  •  
  •  
  •  

काठमाडौं, ४ कार्तिक (ओएनएस) : स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभिल्लाविरुद्ध जितमा बार्सिलोना कप्तान लिओनेल मेस्सी घाइते भएका छन् । खेलदौरान बल खोस्ने क्रममा लडेपछि उनको हातमा चोट लागेको हो । शनिबार राति सम्पन्न ला लिगाको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४-२ गोल अन्तरले पराजित गरेको हाे।

नौ खेलबाट १८ अंक जोडेको बार्सिलोना स्पेनस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।  कप्तान मेस्सीको पासमा फिलिप काउटिन्होले पहिलो हाफको दोस्रो मिनेटमा गोल गरेर बार्सालाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा मेस्सीले गोल अन्तर दोब्बर पारे । दोस्रो हाफमा लुइस स्वारेज र राकिटीकले एक-एक गोल गरे ।

सेभिल्लाका लागि लिङ्लेट र मुरीलले गोल गरेका थिए । ९ खेलबाट १६ अंक जोडेको सेभिल्ला अंक तालिकाको तेस्रो स्थानमा छ ।

बार्सिलोनाका अनुसार ३१ वर्षीय मेसीको दायाँ हातको हड्डीमा भाँचिएको छ । उनलाई पूर्णत निको हुन् तीन देखि चार साता लाग्नेछ । यससँगै मेसीले अर्को साता रियल म्याड्रिडविरुद्ध हुने एल क्लासिको पनि गुमाउने पक्का भएको छ । मेसीले मध्यसातामा हुने इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेल पनि गुमाउनेछन् । मेसी बल खोस्ने क्रममा लडेपछि ज्यानको पुरा बल हातमा राख्दै लडेका थिए । हातमा चोट लागेपछि उनी २६ औं मिनेटमा मैदानबाट बाहिरिए । उनी आगामी आइतबार हुने एलक्लासिको खेल्न नसक्ने करिब निश्चित छ ।


  •  
  •  
  •