कांग्रेस नेता खुमबहादुर खड्काको निधन

257
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत रहेका नेता खड्काको आज साँझ निधन भएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेर नेता खड्काको निधन भएको पुष्टि गरेका छन्।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए। अघिल्लो महिना उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो। केही समय थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका खड्कालाई थप उपचारका लागि फागुन ६ गते नयाँदिल्ली लगिएको थियो।

खड्काको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र शंकर भण्डारी फागुन १३ गते नयाँ दिल्ली गएका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिले खड्काको स्वास्थ्य अवस्था बुझ्न दुई नेता पठाउने निर्णय गरेको थियो ।

राजनितीमा सक्रिय भएर लागेका नेता खड्का निधनले कांग्रेसमा ठुलाे क्षति भएकाे कांग्रेसका नेताहरुले बताएका छन्। कांग्रेस प्रवक्ता शर्माले नेता खड्का बाैद्धिककाे साथ साथै राजनितीमा अाइपरेकाे बेलामा सबैखाले चुनाैतीकाे सामना गर्न सक्ने क्षमता भएका नेताकाे निधन सच्चिनै कांग्रेस पार्टीम ठुलाे क्षति भएकाे बताए।

खड्का २०४८, ०५१ र ०५६ मा तीन पटक दाङबाट प्रतिनिधिसभाको सदस्य भएका थिए। पूर्व गृहमन्त्रीसमेत रहेका खड्का २०४८ देखि २०५८ सालसम्म पटक-पटक मन्त्री भएका थिए।


  •  
  •  
  •