काठमाडौं २० असार (ओएनएस) :ब्रिटिश मोडल केटी प्राइसले आफ्नो सात बर्षको उमेरमा बलात्कार भएको घटनाको खुलासा गरेकीछन् । एक बेलायती अनलाइनलाई अन्तवार्ता दिदै उनले उक्त घटना सार्वजनिक गरेकीहुन् ।
उनले भनेकीछन्, ‘सात बर्षको उमेरमा म आमासँग घुम्न पार्क गएकी थिए । आमा मलाई आइसक्रिम किन्न जादा एक अदबैशे व्यक्तिले झाडिको पछाडि लगेर मेरौ यौन शोषण गरे ।’
उनलाई उक्त व्यक्तीको हुलिया भने याद छैन । तर उनी भन्छिन्,‘उनी उमेरले पाका नै थिए । आजसम्म पुलिसले उनलाई समात्न सकेको छैन । ’
केटीलाई हरघडी सो घटनाले झस्काउने गरेता पनि अपराधी फेला पर्न सकेका छैनन् । यो भन्दा अगाडि पनि मिडियाका सामु उनले उक्त घटनाबारे मुख खोलेकी थिइन् ।