नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त

90
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त भएका छन् ।
तत्कालीन अध्यक्ष निकिता पौडेलले बोर्डबाट राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा सरकारले भट्टराई नियुक्त गरिएको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

सन् १९८८ बाट नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भट्टराईले यसअघि नेपाल चलचित्र कलाकार संघ र नेपाल फिल्म निर्माता संघमा आबद्ध रही काम गरिसकेका छन्। कलाकार, निर्माता तथा प्रस्तुतकर्ताका रुपमा ३ दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका भट्टराईको निर्माणमा बनेको फिल्म ‘यात्रा’ प्रदर्शनको तयारीमा छ ।


  •  
  •  
  •