स्थापित पून: एमालेमा

791
  •  
  •  
  •  

keshav sthapitकाठमाडौं ,२९ कात्तिक (ओएनएस) :  काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा युवा संघ नेपालका पूर्वअध्यक्ष केशव स्थापित पून एमालेमा प्रवेश गर्ने भएका छन् ।

यस अघि दुई पटक एमाले परित्याग गर्दै  प्रवेश गरिसकेका छन् । उनीसहित  संघीय समाजवादी पार्टीका दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको  केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

स्थापितसहितका नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी कार्यालय बल्खुमा स्वागत गर्ने कार्यत्रम छ ।

संविधानसभाको दोस्रो निर्वाचन अघि स्थापितले एमाले परित्याग गरेका थिए । काठमाडौं क्षेत्र नं ६ मा युवानेता योगेश भट्टराईलाई टिकट दिएपछि असन्तुष्ट स्थापित संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए । निर्वाचनमा उनले १०५० मत पाएका थिए ।

एमाले फुटेपछि नेकपा मालेमा गएका उनी त्यसपछि राजावादी पार्टी प्रजा परिषदको अध्यक्ष र संघीय समाजवादी पार्टीमा गएका हुन् ।
एमाओवादीमा निकटता रहेको उनलाई तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले स्थापितलाई उपत्यका विकास प्राधिकरणको प्रमुख बनाएका थिए  ।


  •  
  •  
  •